भारतमा थप १९ हजार जनामा संक्रमण

१७ पुस, काठमाडौँ। भारतमा थप १९ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४६ जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ८६ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ८१ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार १८ पुगेको हो ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस