कुकुरको बच्चा भन्दै पालेको २ वर्षपछि बन्यो भालु 

प्रतिकात्मक तस्वीर

एजेन्सी। चीनको यूनान प्रान्तमा बस्ने सू युन र उनको परिवारलाई पनि कुकुर पाल्ने रहरले एक कुकुर किनेर घर लगे ।

किन्दा व्यापारीले उक्त कुकुर मास्तिफ प्रजातीको भएको बताएका थिए । पाल्दै जाँदा बच्चा बढ्दै गयो । कुकुरको तुलनामा धेरै खानेकुरा खाँदै गयो ।

उसले हरेक विशान २ बाल्टी पास्ता र १ भाँडो फल खान्थ्यो । बढ्दै गएपछि कुकुर अनौठो स्वरमा कराउन थाल्यो । सू युनको परिवार बिशेष प्रकारको कुकुर होला भनेर चुप लागेरै बसे । एक दिन कुकुर आफै उभियो ।

यो देखेपछि पनि परिवारले यो प्रजातीको यस्तो खुबी होला भन्ने सोचेर चुप नै रहे । २ वर्षको उमेरमा कुकुर १ मीटर अग्लो र ११० किलोको भयो । साथै दाँत पनि लगातार बढन थाले ।

यति सबै भईसकेपछि उनीहरु पशु चिकित्सककोमा पुगे । जब चिकित्सकले जनावर हेरेर भालु बताए तब सबै हैरा भए । यसलाई मून भालु वा तिब्बती भालु भनेर चिन्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस