पर्यटन मन्त्रालयका उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

नेपाललाई विशेष अदालतले एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको उनले बताए ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस