तरकारी खेतीमा आकर्षण बढ्यो

२५माघ, रोल्पा । रोल्पा नगरपालिका ८ माडीचौरकी गउन बुढामगरले तरकारी खेतीबाट गाउँघरमै आम्दानी गर्दै आएका छन् ।

३० वर्षको उमेरदेखि तरकारी खेतीमा लागेका गउन, अहिले ४० वर्ष भयो निरन्तर तरकारी खेती गर्दै आएको । टमाटर, गोपी, काउली, आलु खुर्सानी, अदुवा, लगायतका विभिन्न तरकारी खेती गर्छन् ।

वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताएका गउनले, तरकारी खेतीबाट नै ३ जना छोरा, छोरीलाई स्नातकसम्मको अध्ययन गराउन सफल भएको उनको भनाई छ । उनी भन्छन् मकै गहुँ छर्न छोडेर तरकारी खेतीमा लागेँ । यसैबाट छोरा छोरी बढाएँ ।

हसिलो मुद्रामा भनीन् । उनको छोरी शिक्षिका समेत भइसकेकी छन् । उनलाई तरकारी खेतीमा उनका श्रीमानले सघाउँदै आएका छन् । आवश्यकता अनुसार बाहिय मान्छे ज्यालादारीमा लगाउने गरेका छन् ।

कृृषि सम्वन्धी थुप्रै तालिमहरु पनि लिएकी छन् । तर, सरकारी तथा गैरसरकारी संघसंस्थाले दिने कुनै पनि अनुदान ४० वर्षसम्म पनि नपाएको गुनासो छ । उनले भनीन् अहिलेसम्म कतैबाट पनि अनुदान पाएको छैन् । मेरो व्यक्तिगत रुपमा आफ्नो फर्म पनि दर्ता गरेको छैन् ।

त्यस्तै, सोही ठाउँकी जुनु बुढा पनि तरकारी खेतीमा लागेकी छन् । आलु, गोपी, बन्दा टमाटरले ४० देखि एकसय रपैयाँसम्म भाउ पाउने गरेको छ । यहाँका कृषकहरुले तरकारी खेतीबाट घर खर्चको टारेर, बचत समेत गर्दै आएका छन् ।

रोल्पामा पछिल्लो समय बेमौसमी तरकारी खेती तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । तरकारीले राम्रो मुल्य पाएपछि उनीहरुले गाउँघरमै मनग्य आम्दानी गरेपछि जिवनस्तरमा समेत परिवर्तन आएको छ ।

गाउँघरमै तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपनि कोरोना भाइरसका कारण विदेशबाट फर्केहरु पनि तरकारी खेतीमा लागेका छन् । तर, समयमा मल वीऊ नपाउँदा भने समस्या पर्ने गरेरका छन् ।

रोल्पामा मौसमी तथा बेमौसमी दुवै खेती गर्नसकिने ठाउँ भएपनि परमपरागत शैलीमा खेती हुने गरेको छ । आधुनिक शैलीको कृषि प्रणाली अप्नाउन सके उत्पादमा बृद्धि हुने कृषकहरुको भनाई छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा कृषकहरुको लागि विभिन्न अनुदान दिने गरेका छन् ।

किसानलाई पकेट, ब्लक जस्ता क्षेत्रमा सामुहिक तथा व्यक्तिगत रुपमा अनुदान दिइँदै आएको कृषि ज्ञान केन्द्र, रोल्पाका प्रमुख भरतमणी पोखरेलले जानकारी दिए । जिल्लामा विभिन्न ठाउँमा खेतीको पहिचान गरेर अनुदान दिने गरेको पोखरेलले जनाए ।

रोल्पा कृषिमा आधारित जिल्ला भएपनि यसरी व्यवसायीक रुपमै तरकारी खेती गर्ने कृषहरुको संख्या भने न्यून रहेको छ । सरकारी निकायबाट वितरण हुने अनुदान पनि वास्तविक कृषकसम्म पुग्न नसकेको गुनासो किसानको छ ।

किसानका समस्यालाई समाधान गर्दै कृषिलाई व्यवसायीककरण गर्न सके रोजगारीको लागि अरुको देशमा धाउनु पर्ने बाध्यता समेत कम हुने छ किसानको भनाई छ ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस