सरकार र विप्लव समूहबीच वार्ता सुरु

१९फागुन,काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता सुरु भएको हो ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ताटोल गठन गरेको छ ।

त्यस्तै विप्लव समूहले खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ताटोली गठन गरेको छ ।

वार्ताका लागि सरकार र विप्लव दुवै समूहका सदस्यहरु बालुवाटार प्रवेश गरिसकेका र उनीहरुबीच अनौपचारिक छलफल सुरु भएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस