१९फागुन,थबाङ। थबाङ गाउँपालिका खोप समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तथा अन्तक्रिया कार्याक्रम सम्पन्न भएको छ । स्वास्थ्य समृद्धि र सुरक्षा कोभिड–१९ खोपले गर्छ रक्षा भन्ने मूलनाराका साथ अभिमुखिकरण कार्याक्रम सम्पन्न गरिएको हो ।
थबाङ गाउँपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय रोल्पाको आर्थिक सहयोगमा थबाङ गाउँपालिकाका उपाध्यक्ष रामकिरणी रोकामगरको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थितीमा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।
फाल्गुन २३ र २४ गते सन्चालन हुन लागेको कोरोना विरुद्धको खोप अभियानको बारेमा अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा तेस्रो चरणको खोप अभियानको बारेमा योजना तयारी गरिएको थियो ।