१९फागुन,थबाङ । थबाङ गाउँपालिका वडा नम्बर २को आयोजनामा दुईदिने उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सुरु गरेको छ ।
थबाङ गाउँपालिकाका उपाध्यक्ष रामकिरणी रोकामगर र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर रावतले अभिमुखिकरण तालिमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रोकामगरले उपभोक्ता समितिहरुको लागि अभिमुखिकरण तालिम महत्वपूर्ण भएको बताइन् । कुनै पनि विकास योजनाको काम गर्दा अनुभव र तालिमको आवश्यक पर्छ । काम गर्न सहज हुने भएकाले पनि तालिम लिनु जरुरी रहेको उनले भनाई रहेको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार