
१९फागुन, थबाङ । थबाङमा शिक्षक पेशागत क्षमता विकास तालिमको उद्घाटन गरिएको छ । शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा थबाङ गाउँपालिकाको सभाहलमा १० दिने एकिकृत पाठक्रम सम्बन्धि आधारभूत तह कक्षा १ देखि ३ सम्मको शिक्षक पेशागत तालिम सुरु गरिएको हो ।
थबाङ गाउँपालिका समाजिक विकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्ष उदिम घर्तीमगरको अध्यक्षतामा भएको कार्याक्रमको उद्घाटन थबाङ गाउँपालिकाका उपाध्यक्ष रामकिरणी रोकामगरले गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रोकामगरले तालिमले शिक्षकको क्षमता वृद्धि गुर्नका साथै बालबालिकाहरुलाई सरल र सहज रुपमा अध्यापन गराउन मदत पुग्ने बताइन् ।
शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख यमबहादुर केसीले विद्यार्थीले लेखाई, सुनाई र बोलाईमा सुधार गरमा मात्रै शिक्षण सिकाइमा सुधार हुने बताए ।
गतवर्षहरुमा विषयगत आधारमा अध्यन अध्यापन गराउदै आएकोमा नयाँ शैक्षिक क्षेत्रबाट आधारभुत तहमा एकिकृत पाठ्यक्रम लागु भैसकेकोले पाठ्यक्रम अनुुसार शिक्षण गराउनु पर्ने बताउँदै तालिमको विशेष महत्व रहेको प्रमुख केसीले बताए ।