
१९फागुन, रोल्पा । नेपाली काँग्रेस रोल्पाले जिल्लाव्यापी प्रशिक्षण अभियान सुरु गरेको छ । ‘सवल र वैचारिक संगठनको निर्माण’ भन्ने मुलनारको साथ बुधार रोल्पाको होलेरीबाट जिल्लाव्यापी प्रशिक्षण तथा संगठन शुद्धीकरण अभियानको सुरु गरेको छ ।
जिल्लाको दशवटै स्थानीय तहमा पार्टीका क्रियाशिल सदस्यहरुलाई पार्टीको बारेमा प्रशिक्षण दिने उद्धश्यले अभियान चलाएको नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।
काँग्रेसले लामो समयपछि आगामी फागुन २८ गतेसम्मको तालिकानै सार्वजनिक गरी अभियान चलाएको छ । प्रशिक्षणका लागि केन्द्रिय नेताहरु रोल्पा आएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले बताएका छन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार