लिबाङमा रोल्पा सिर्जना महोत्सव हुने

२१चैत्र,रोल्पा । रोल्पाको लिबाङमा सिर्जना महोत्सव हुने भएको छ। नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानको आयोजनामा  चैत्र २२ र २३ गते लिबाङमा रोल्पा सिर्जना महोत्सव २०७८ हुन लागेको हो । सिर्जना महोत्सवमा कविता प्रतियोगिता, विविध विषयमा बहस, वाचन र सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको छ।

सिर्जना महोत्सवमा पर्यटनभित्रको युद्ध पर्यटन, स्थानीय सरकारः विकास र समृद्धिु, कोपिलाका सुगन्ध, गोधुलीमा झन्कार, चट्टान गुञ्जन, आँगनमा विस्कुन, पहिचानको कसीमा मातृभाषा, पाहुनाका पाहुर, युद्धका साक्षी, जाँदाजाँदैः कठघरामा मेयर लगायतका सेसन रहने प्रतिष्ठानले जानकारी दिएको छ।

त्यसैगरी‘ रोल्पा सिर्जना महोत्सव २०७८’ अन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरबाट १० जना कविको कविता छनौटमा परेको छ ।

छनोटमा परेका कविहरुमा उमेश पुन (काठमाडौं), तारानाथ पराजुली (पर्वत), प्रकाश बस्नेत (काठमाडौँ), मिलन कार्की (इलाम), मेनुक्स अधिकारी (खोटाङ), सरला क्षेत्री (रौतहट), सुन्दर सिरिष (सिन्धुपाल्चोक), सुभाषिष पराजुली (काठमाडौँ), सुरज पराजुली (सुनसरी) र हेमन्त शिशिर (काठमाडौं) छन्। छनोट भएका कविहरुले २२ गते लिबाङमा कविता वाचन गर्नेछन्।

प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले २० हजार पुरस्कार पाउनेछन्। सान्त्वना पुरस्कारस्वरुप २ जनाले १०–१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। विजयीहरुलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस