
संसारको जुनसुकै कुनामा जन्मेपनि सामाजिक वैरिहरुले जति अग्लो पर्खाल लगाए पनि दिन दुःखी असहाय र सामाजिक सेवामा हौसलाको पखेटा बनाउन सक्ने विद्या भएकालाई कुनै पनि बाधा र बिध्नले रोक्न सक्दैन । यस्तै उदाहरण हुन, रोल्पा सुलिचौरका परिवर्तनका लागि साझा संस्था र नरबहादुर स्मृति ग्रामीण सेवाका संस्थापक भुपनारायण घर्तीमगर र सो संस्थाका अन्य सदस्यहरु ।
संस्थापकको अतितलाई स्वच्छ मनोस्मृतीबाट हेर्ने हो, भने निकै दर्दनाक र दयनीय छ ! जसको निम्ति हामी निकै टाढा जानुपर्दैन । २०४६ देखी ०५५ सालको वरीपरी पुगे काफी छ । पचासको दर्शक हाम्रो लागि कहाँनिलाग्दो छ । यो समय हाम्रा लागि उथलपुथलको दर्शक हो । अझै भनौंभने हामी नेपाली जनताको दुर्भाग्य निम्त्याउने कालखण्ड नै हो ।
म यो दशकलाई स्मरण गर्न पटक्कै चाहान्न । किनभने यो दर्शक कलङ्कित र रक्त रन्जित वा कलङक निम्त्याउने खलपात्रले संसार भरि प्रचलितमा रहेका क्षमा र आत्मालोचनाका समस्त शब्दावली प्रयोग गरेर पनि यो अति रन्जित इतिहासको पानाबाट कहिल्यै उन्मुक्ति पाउने छैन ! अझै भनौं भने बेनिटो मुसोलिनीको जस्तै हत्या पछिको अपमान पनि कम हुन जान्छ ! त्यसैले यो समय लाई नेपाली जन्ताले झन स्मरण गर्न चाहाँदै ।
प्रसंग उनै संस्थापककोः
०४६ सालको सेरोफेरोमा देशमा आमूल परिवर्तन हुनुपर्छ । सरकार भनेको जन्तामा समर्पित हुनुपर्छ, भनेर विद्यार्थी आन्दोलनमा होमिएका एक रोल्पाली योद्धा लक्का जवान ! मन भित्र देश भक्तिको अपार माया र भावना । आहा ! कति मिठो । देशको निम्ति यति ठूलो उत्साह र उमंग बोकेर हिंडेका यी महान हस्तिलाई लगाम लगाउने काम ग¥यो त्यही पञ्चायतका दशकले ।
उनको स्वच्छ छवि, निस्कलङक आचरण, निःस्वार्थ सामाजिक भावना, दिन दुखीहरु प्रतिको सेवा भाव देखेर ती नास्तिकहरुलाई पटक्कै मन परेको थिएन । किनभने उन सामाजिक मात्रै होइन। अत्यन्तै सामाजिक भावना बोकेको व्यक्तिमा दर्ज हुनुहुन्थ्यो । त्यसैले त्यो दशकमा उन माथि अनेक प्रकारका लाल्छनाहरुले प्रहार गरियो मानसिक आक्रमण त झन कति हो कति ।
त्यो समयमा गाउँ—गाउँमा सैतानहरुको आगमन भइसकेको थियो । अवसरवादी र नास्तिकहरु सलबलाई सकेका थिए । नरभक्षिहरुको जन्म भई सकेको थियो । देशै भरी झुटको खेती परालको आगो सरी फैलिरहेको थियो । गाउँमा वर्षभरी मिहिनेत गरेर १० मुरी धान फलाउने किसानलाई जमिनदार र समाजको विसंगति, कुरीतिलार्ई चिरफार गरेर न्यायिक फैसला सुनाउदै समाजलाई मार्ग दर्शन गर्ने व्यक्ति माथी सामन्तीको बिल्ला भिराउदै सत्ता सनकको आडमा लम्जुङ डुरा डाँडाका मुक्ति नाथ सरहरु जस्ता हजारौं निहत्था निर्दोषहरु माथि कत्लेयाम हुँदै थियो । त्यही त्याग भुपनारायण घर्तीमगरलाई पनि भिराइ यो ।
उनले त्यो त्याग पाउनुको मुख्य कारण थियो । राजनीति घरानामा जन्म लिनु र त्यही समाज सेवाको विरासत बोकेर जनतामा सेवाभाव जगाउनु । घर्तीको आदर्शलाई प्रमुख हतियारको विषय बनाइयो नास्तिकहरुद्वारा । त्यो उनको मार्ग चित्रलाई गलत ब्याख्या गरियो अति रन्जित गरियो !
के उनले त्यो कुल घरानामा जन्म लिनु गलत थियो ? पटक्कै थिएन । गलत त, ती असुरहरुको नियत थियो । त्यही गलत नियतले गर्दा हो । उन र घर्तीका साथीहरू माथि निकै ठूला–ठूला सांघातिक र नियोजित भौतिक आक्रमणहरु पटक–पटक भए । घर्तीले पटकपटक भौतिक आक्रमण खेप्नुपरेको थियो ! कहिले बम आक्रमण त कहिले गोला बारुद । कहिले उनलाई बाटैमा आक्रमण गरियो त कहिले उनीहरु आश्रित घरहरू सैतानी सेनाहरुको घेराउमा बाहिरबाट आगो लगाइयो । त्यो उनीहरुको एउटै मनोसाय थियो । भुपनारायणलाई जसरी हुन्छ सिध्याउने ! किनभने गलत प्रवृत्तिको सख्त खिलाफ थिए उनी ।
समाजमा एउटा प्रचलित उखान छ । ‘‘झिंगाको गालिले डिङ्गा कहिल्यै मर्दैन”, हो । त्यस्तै भएको थियो, त्यो समयमा ! बैरिले चाहादैमा भुपनारायणले कसरी देहलिला त्याग्न सक्थे र ? किनभने नेपाल आमाको सुरक्षा कवज थियो, भुपनारायण माथि । त्यसैले त त्यस्ता दुश्मनले बिछ्याइएका बारुदी सुरुङ्गहरु सहजै पार गर्दै गए । नास्तिकहरुलाई परास्त गर्दै गए । तर विभिन्न बाध्यताका बाबजुत उनी प्रवास जानु प¥यो ।
प्रवास आफैंमा नराम्रो पक्कै होइन । प्रवासमा बसे पनि भुपनारायणहरु जस्ता सामाजिक योद्धाहरुको तनमन सधैं गाउँ समाजमै यात्रा गरिरहन्छ ! त्यसैले त कहिले उनिहरु असहाय बेघर महिलाहरूको घर निर्माण मा तल्लीन हुन्छन् । उपचार नपाएकाहरुलाइ उपचार दिलाउ छन् । आर्थिक सहयोग जुताउ छन् । त्यो पनि सबै प्रवास बाटै ।
बाटोघाटो निर्माण, थकाइ मार्ने चौतारीको मर्मतमा जुटेका देखिन्छन् । कतै गाइ वस्तुको प्यास मेटाउने पोखरी बनाउन ब्यस्त देखिन्छन् । प्रवासमा बसे पनि गाउँ समाजको निम्ति अहोरात्र खटिरहेका छन् ! म हिंजोपनी कल्पना गर्थे र आजपनी कल्पना गर्छु । भुपनारायण जस्ता पात्रहरु हिजो पनी आवश्यक थियो । उनिहरु जस्तालाई बन्चित किन गरियो ?
तत्कालीन समयमा उनलाई बन्चित नगरिएको भए सायद आज यो समाज निकै उन्नत र चेतनशील पो हुन्थ्यो की ? यस्ता हस्तिहरुको निकै आवश्यता हो । आजको यो परिर्वतिक । यी सामाजिक योद्दाहरुले गरेको समाज सेवा प्रती म निकै ठूलो गर्भिलो महसुश गर्छु । यस्ता लोक कल्याणकारीहरु प्रती जति ठूलो सम्मान गरे पनि कमै हुन जान्छ ।म आज त्यो दिनलाई स्मरण गर्छु जुन समयले विश्व जगतलाई तहस नहस पार्यो । संसारमा दिउँसै अन्धकार छायो सन्नाटा फैलियो लाखौं मान्छेहरुले अकालमा मृत्यु वरण गर्नु पर्यो । कुन बालक कुन वृद्ध सबैको एउटै यात्रा थियो अन्तिम संस्कार ।
मानव इतिहासकै सबैभन्दा ठूलो कहाँली लाग्दो समय थियो । बिडम्बना पनि कति निर्दयी र दुर्लभ। आमाको अन्तिम संस्कारमा छोराछोरी जान नपाउनु आफनै मुटुको टुक्राको मृत्यु हुँदा आमाले अन्तिम स्पर्श गर्नु नपाउनु । यो भन्दा ठूलो दुर्घटना के हुन सक्छ ? त्यस्तो भयावह स्थितिमा पनि ती योद्धाहरु अलि कति पनि तसमस भएनन् । साथीहरुसँग हातेमालो गरे आर्थिक सहयोगको जोहो गरे । कसरी हुन्छ । जनताको ज्यान बचाउ अभियान सुरु गर । सोही अभियानबाट उदय भएको थियो । परिवर्तनको लागि साझा संस्था । हरेक गाउँ–गाउँमा औसधी सहित अक्सिजनका बोतल र रासन बोकेर आफैं पुगे जनता सामु ।
आँफु मरीन्छकी बाँचिन्छ, त्यो कुनै सरोकार को विषय भएन । तर जनता जसरी पनि बाँच्नुपर्छ, भन्ने मुल निती अबलम्बन गरे । जनता बचाउन सफल भए । थाहा छैन उनिहरुलाई पाप के हो ? धर्म के हो? तर उनिहरुलाई यत्ति थाहा छ । जुन काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो र जुन कामले अरुको अनुहारमा खुशी ल्याउछ त्यो पुण्य हो।
उनिहरुलाइ यो पनि थाहा छ । कसैले उनिहरुलाइ नराम्रो गरोस् । त्यो उसको कर्म हो । तर उनिहरुले कसैलाई नराम्रो कहिल्यै गर्दैनन् यो उनीहरुको धर्म हो । साथै यो सामाजिक संस्थाले गरेका कामहरुको यहाँ जति वर्णन गरेपनि कमै हुन जान्छ । यही कार्यको सन्दर्भमा रोल्पा जिल्ला सुनिलस्मृति मिझिङ स्थित आवास बिहिनरुको आवास बनाउने । कार्यक्रमहरु सूचारु छन् कुनै निर्माण भइसकेका छन्, भने कुनै निर्माणधिन अवस्था छन् ।