पूर्वसभामुख महराद्वारा विभिन्न स्थानमा मास्क वितरण

२३ वैशाख,रोल्पा । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले रोल्पाका विभिन्न स्थानमा मास्क वितरण गरेका छन् । विश्वव्यापरी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्व सभामुख महराले रोल्पा नगरपालिका वडा नम्बर १ मेबाङ, धारापानी, बामरुक, कालापानी, पाना, पेदिखोला, लगायतका ठाउँमा २ सय ५० वटा सर्जिकल मास्क वितरण गरेका छन् । महराले ती स्थानहरुमा आफै पुगेर मास्क वितरण गरेको रोल्पा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजन कवरले बताएका छन् ।
। यसैगरी महराले रोल्पा नगरपालिका वडा नम्बर ४ को लिबाङ, गुरुङ गाउँ, लगायतका ठाउँमा जनप्रतिनिधि मार्फत मास्क वितरण गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस