२२ वैशाख, काठमाडौँ । चितवनमा १३० जनामा कोरोना संक्रमित थपिएका छन्।
भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा चितवनका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।
थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् ।
बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका हुन् । चितवनमा करिब १५ सय जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार


