
२२ वैशाख, काठमाडौँ । डोटीमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आदर्श गाउँपालिका–२ का ६२ वर्षीय संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । उनी जिल्ला अस्पतालमा उपचाररत थिए ।
उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार