सांकेतिक तस्विर
२२वैशाख,दोलखा । दोलखामा कोरोना भाइरसको संक्रमित बिरामीको संख्या बढ्दै गएसँगै १० दिनको लागि निषेधाज्ञा जारी भएको छ ।
आज बसेको ‘कोभिड १९ व्यवस्थापन समिति’ को बैठकले आज राति १२ बजेदेखि १० दिनलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
दोलखामा मंगलबारसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, भने १ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार


