
२४जेठ,काठमाडौँ । नेपालमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा थप २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका ५८ वर्षीय पुरुष र सेती प्रदेशिक अस्पतालमा पनि ५५ वर्षीया महिलाको पनि कोरोना कारण मृत्यु भएको उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार