स्वास्थ्य सामग्री लिएर थबाङ पुगे एमाले नेता रोकामगर

राेल्पा । नेकपा एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नवीन रोकामगर स्वास्थ्य सामाग्री लिएर थबाङ पुगेका छन्।

रोजगारीको शिलशिलामा साउदी अरब पुगेका ६ जना युवाको आर्थिक सहयोगमा एमाले नेता रोकामगर र यमूना रोकामगर कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका गर्ने स्वास्थ्य सामाग्री लिएर रोल्पा पुगेका हुन्।

युवाहरूको पहलमा आर्थिक सहयोग र एमाले रोल्पा जिल्ला इन्चार्ज रोकामगरको समन्वयमा चार लाख १० हजार २ सय ६ रुपैयाँ बराबरको स्वास्थ्य सामान खरिद गरेर थबाङ गाउँपालिकालाई हस्तान्तरण गरेको थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले जानकारी दिए।

धनबहादुर झाँक्री, जोरधन विक, बीरबहादुर बुढामगर, हरिचन्द्र झाँक्री, रमेश बुढामगर र बिपीन झाँक्रीमगरले विश्व महामारी कोरोना भाइरस संटकको समयमा स्वास्थ्य सामाग्रीका लागि आर्थिक सहयोग संकलन गरेका हुन्।

चार वटा अक्सिजन सिलिण्डरसहित अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन्ट किट, डिजिटल थर्माेमिटर, पल्स अक्सिमिटर र इन्फ्रयान्ट फरमेन्टर गाउँपालिकालाई हस्तान्तरण गरिएकाे हाे।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस