नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

२३ जेठ, काठमाडौँ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस