रोल्पाको— सुनछहरी गाउँपालिकामा ३ वर्षिया बालिकाको भिरबाट लडेर ज्यान गएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नं ४ स्युरी फुलवारी टोल झिन्जाका दिपेशसिंङ चुनारा र बेलमा चुनाराका छोरी वर्ष ३ की गंगा चुनाराको ०७९ असार ४ गते भिरबाट लडेर घटनास्थलमै ज्यान गएको स्थानीय जित बहादुर विकले बताउनुभयो ।
घर नजिकैको गोठमा बालिका सुतिरहेको अवस्थामा छोडेर आफ्नो दाजु नजिकैको खोलामा पौडि खेल्न गएका थिए । दाजु पौडि खेलेर आएपछि बहिनीलाई गोठमा भेटाएनन् खोजतलास गर्ने क्रममा नजिकैको बुढोखोररे भन्ने भिरबाट लडेर मृन्यु भएको अवस्थामा शव फेलापरेको सुनछहरी ४ का वडा सदस्य मनलाल चनाराले बताउनुभयो । सोहि गाउँमा ०७९ जेठ ६ गते अविरल वर्षासंगै परेको चट्टयाङले लागेर वर्ष ५ का अनिशा पुन मगरको मृत्यु भएको थियो ।