मेष: दिन उत्तम छ । मानसम्मान तथा पुरस्कार पाइनेछ । मुख्य काम हात लाग्नेछ । मनमा शान्ति मिल्नेछ । दीर्घकालीन काम हुनेछ ।
वृष : दिन मध्यम छ । धार्मिक क्षेत्रमा रुचि कम हुनेछ । शरीर अस्वस्थ रहनेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ ।
मिथुन: दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता रहनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
कर्कट: दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारिवारिक सहयोग पाइनेछ ।
सिंह : दिन उत्तम छ । आँटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शारीरिक तन्दुरुस्ती बढ्नेछ । मावलीबाट सहयोग पाइनेछ ।
कन्या : दिन मध्यम छ । मनको चिन्ता बढ्न सक्छ । मुख्य काममा हात नराख्नु नै बुद्धिमानी ठर्हछ । शरीर पनि अस्वस्थ हुने देखिन्छ ।
तुला : दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक झमेला आइलाग्नेछ ।
वृश्चिक : दिन उत्तम छ । सामाजिक कार्यक्रममा व्यस्त भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । आफन्तको सहयोग पाइनेछ ।
धनु : दिन मध्यम छ । आर्थिक र मौखिक पक्ष कमजोर रहने देखिन्छ । स्वास्थ्यप्रति पनि निकै सावधानीको आवश्यकता महसुस हुन सक्छ । खानपानमा ध्यान दिनु पर्नेछ ।
मकर : दिन भाग्यवर्धक छ । कामकाज बन्नेछ । बौद्धिक काम गरिनेछ । सहकार्यमा लाभ मिल्नेछ । पढाइ लेखाइले गति लिने देखिन्छ ।
कुम्भ : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।
मीन : दिन अनुकूल रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । महत्वपूर्ण काम गरिनेछ । मनमा सन्तोष मिल्नेछ