२३ असार , भारत। भारत विश्वमै धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा उक्लिएको छ ।

अमेरिका र ब्राजिल पछि रहेको रुसलाई उछिन्दै भारत तेस्रो स्थानमा उक्लिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ६ लाख ९७ हजार ४१३ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलमा १५ लाख ७७ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अमेरिकामा सबैभन्दा धेरै २८ लाख ३३ हजार ५५२ मा कोरोना संक्रमण देखिएको छ ।