नेपाल राष्ट्रिय मावि अरेशको अभिभावक भेला सम्पन्न

२३ असार, रोल्पा । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयको अभिभावक भेला सम्पन्न गरेको छ। उक्त कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नम बहादुर बिकको अध्यक्षता, सुनिलस्मृति गाउँपालिका ८ का वडा अध्यक्ष धनराज रोकामगरको प्रमुख आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा विद्यालयको प्रतिवेदन पेश गर्दै प्रधानाध्यापक शंकर पुन मगर सरले एसईईमा उत्कृष्ट नतिजा सघाउने शिक्षकहरूलाई बधाई तथा सम्मान व्यक्त गर्दै उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई पनि बधाई तथा सम्मान व्यक्त गारेका थिए। 

कार्यक्रमको शैक्षिक सत्र – २०८१ को वार्षिक परीक्षामा प्रारम्भिक बालशिक्षा तथा विकास देखि कक्षा ११ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै कक्षा १ – ५ का विद्यार्थीहरूलाई नियमित छात्रवृत्ति पनि वितरण गरिएको थियो। 

विद्यालयका सहायक प्रधानाध्यापक गोविन्द प्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक घनश्याम खड्काले गरेका थिए । 

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस