थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस