रोल्पा मासुमा आत्मनिर्भर बनिसकेको छ

अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले केके काम गरिरहेको छ ?

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले संघीयता लागु भइसकेपछि २०७५ सालपछि विशेष गरि प्रविधिका साथै अनुदान वितरण तथा अनुगमनका कामहरु गरिरहेको छ भने पशु उपचारको काम पनि भइरहेको छ । यि सेरोफेरोमा रहेर कामहरु भैरहेको छ ।

के कस्ता अनुदान दिनुभएको छ ?

अनुदानको कामहरुमा विशेष गरी मागमा आधारित कार्यक्रमहरु रहेका छन् । मागमा आधारित भन्नाले कोभिड विशेष कार्यक्रम, मिसन कार्यक्रम र रोड करिडोर कार्यक्रहरु रहेका छन् । त्यसतै बाख्रा प्रवर्धन, गाई भैसी प्रवर्धन , बंगुर प्रवर्धन लगायतका कार्यक्रहरु रहेका छन् । कार्यक्रम हेरेर ७० प्रतिशत देखि ८० प्रतिशतसम्म अनुदान दिने गरिएको छ । साथै द्वन्द्व पीडितलाई पनि अनुदान दिने गरिएको छ । यसै गरी चिसो पानीमा माछा पालन कार्यक्रम पनि रहेको छ, त्यसमा पनि अनुदान दिने काम भैरहेको छ । यसैगरी प्रविधि सेवा टेवा कार्यक्रमहरु पनि छन् । जहाँ उन्नत प्रविधिहरु प्रयोग गरेर गर्नुपर्ने कामहरु रहेका छन् ।

अनुदानका कार्याक्रमको प्रभावकारीता कस्तो छ ?

अनुदान कार्यक्र आफैमा अलि जटिल भएको जस्तो महसुुुुस हुने गरेको छ । किसानहरुले जुन अनुदान पाउँछन् । सोहि तरिकाले कामहरु गरेका छन्, । तर कतिपयले अनुदानलाई रकम पाउनेको निम्ती मात्र हेर्ने गरेको पनि पाइन्छ । फिल्डमा गएर हामिले अनुगमन गरिरहेका हुन्छौँ । कतिपय ठाउँमा अनुगमन गर्न जादा जुन कामका लागि अनुदान दिइएको हो । सो काम गरेको पाइदैन । तर काम पुरा नगरेकाले पनि सबै रकम माग गर्छन । ५० प्रतिशत अनुदान दिएको कार्यक्रमा सम्बन्धित किसानले पनि ५० प्रतिशत लगानी गर्ने पर्ने हुँछ । तर कतिपय किसानले आफुले लगानी गर्नुपर्ने रकम लगानी गरेको पाईदैन । कतिपयले अनुदान वाफतको रकम समेत काम नगरेर बचाउन खोजेका हुन्छन् । जसले गर्दा हामीले दिन खोजेका प्रविधि कता काता अलि अधुरो भयो कि जस्तो महसुुश हुन्छ ।

रोल्पामा धेरैजसो किसानले बाख्रा र बंगुर पालनमा चासो गरेको देखिन्छ । कतिपय किसानले बाख्राका खोरहरु राम्रा तथा व्यवथित बनाएका पनि छन् । घाँसहरु लगायका छन्, ट्याङकीहरु बनाएका छन् । ठाउँ-ठाउँमा पोखरीहरु बनाएका छन् । त्यसैले गर्दा आहारामा पनि केहि सुधार हुने तथा पशुहरुको बासस्थानमा पनि केहि सुधार आयो भने पशुहरुको आहारा व्यवस्थापन गर्न सकिन्छ भन्ने आशा हामिले लिएका छाँै ।

स्मार्ट कृषि गाउँ कार्यक्रम भित्र केके पर्छन् ?

रोल्पाका ४ वटा स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम रहेको छ । थबाङ गाउँपालिका, रोल्पा नगरपालिकाको हाङबाङमा, माडि गाउँपालिकाको कोर्चबाङ र रुन्टिगढी गाउँपालिका वडा नं.९ मा गरी चारवटा गाउँमा कार्यक्रम रहेका छन् । यि चारवटैमा विभिन्न ५ वटा सम्वाहकहरु रहेका छन् । जसमा जलवायु स्मार्ट, पोषण स्मार्ट, प्रविधि स्मार्ट, सिंचाई स्मार्ट र बजार स्मार्टहरु छन् । स्मार्ट कृषि गाउँमा यि कार्यक्रममहरु सञ्चालन गरी किसान जिवन स्तर माथि उठाउने कोसिस गरेका छौँ । रोल्पाको हकमा विशेष गरेर बाख्रामा छ, यहाँ बाख्रा स्मार्टहरु छन् ।

बाख्रा स्मार्ट गाउँ कार्यक्रममा कतिवटा बाख्राहरु छन् र खोरहरुको अवस्था के कस्ता छन् ?

बाख्रा स्मार्टहरु प्रत्येक स्मार्टहरुमा ५० देखि ६० घरधुरी रहेका छन् , अहिले रोल्पाका प्रत्येक स्मार्टमा ५० देखि ५५ घरमा आधुनिक बाख्राा खोरहरु बनिसकेका छन्् । त्यसैले रोल्पाको तुलनामा हेर्दा प्रत्येक स्मार्टमा पहिले १ सय देखि ५ सयसम्म बाख्रहरु थिए भने अहिले ७ सय देखि ९ सयको हाराहारीमा बाख्राहरु पुगिसकेका छन् । भने त्यहाँका कृषकहरुले बाख्रका पाठाहरुलाई बेचेर आम्दानी बढाइरहेको पनि देखिएको छ । जसले गर्दा किसानहरुको आम्दानीमा वृद्धि भई उनीहरुको जीवनस्तरमा सकरात्मक प्रभाव पारीरहेको छ । स्मार्ट कृषि कार्यक्रममा हामिले बाख्रामा मात्र धेरै लगानी गर्न सक्यौँ ।

रोल्पामा बाख्रा पालन तर्फ किसानहरुको आकर्षित हुनुको कारण के हो ?

रोल्पा एउटा उच्च पहाडि जिल्ला भनेको चिसो ठाउँ हो । यहाँको जनजीवन तराई जस्तो छैन् । यहाँको बस्तीमा वन, जंगल रहेको छ, चरण क्षेत्र मात्र १४ देखि १५ प्रतिशतसम्म देखिन्छ । वन जंगलको क्षेत्र पनि अरु जिल्लाको भन्दा रोल्पा चरन क्षेत्र धेरै नै रहेको छ । राष्ट्रिय स्तरमा १२ प्रतिशत भनिएता पनि रोल्पामा वन जंगल करिव १४ प्रतिशत जति देखिन्छ ।

जंगलको क्षेत्र हेर्दा ५० को हाराहारीमा अथवा बस्तीको भन्दा वन जंगलको क्षेत्र बढि देखिन्छ । जसले गर्दा चरण क्षेत्रले बाख्राहरुलाई चर्ने खेल्ने ठाउँ बढि हुने भएकाले बाख्रा पालनमा किसानको आकर्षण बढेको पाइन्छ । यहाँको सामुदायिक संरचना हेर्दा मगर अलि बढि दलित एवम बाहुन क्षेत्रीहरु भएकाले यहाँ गाई भैँसी त्यती धेरै पालेको पाइदैन । त्यसैले दुध उत्पादन पनि अलि कमै देखिन्छ । तर मासुको लागि रोल्पा जिल्लाबाट अरु जिल्लामा निकाश गर्ने भनेकै बाख्र, खसी बोका र बंगुर रहेछ । रोल्पामा करिब ४ सय बढी बाख्राका फोमहरु रहेका छन् । करिव १ सय बढी बंगुरको फोम रहेको देखिन्छ । यस्तै गाई वा भैँसी फोम हेर्ने हो भने नगन्न मात्र सिमित रहेको देखिन्छ ।

विशेष गरी थबाङमा मात्र २ जना मिलेर ३० देखि ३२ वटा भैँसीहरु पालेका छन् । जिल्लामा अन्त कतै पनि छैन । त्यस कारण यहाँ बाख्रामा बढि टेस्टिङ अथवा थोरै लगानीमा धेरै पैसा आम्दानी हुने तथा चरण क्षेत्रहरु भएकाले निर्यात गर्न सजिलो होस् भनेर पनि रोल्पामा बाख्रा र बंगुर तर्फ किसान आकर्षित भएका हुन ।

कति प्रकारका औषधिहरु वितरण भएका छन् ?

हामिले विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । हामीले तीन ठाउँमा हाम्रो डोर टु डोर कार्यक्रम पनि छ । यो कार्यक्रमबाट ३० जना गाई भैँसी पालेका किसानहरुलाई बाझोपन सम्बन्धि हुने समस्याहरुको बारेमा बताउने र घर घरमा गएर बाझोपना भएका पशुहरुमा उपचार गर्ने तथा त्योसँग सम्बन्धित औषधिहरु दिने, जस्तै जुकाले गर्दा बाझोपन भएको हो अथवा पाठेघरम समस्या भएमा भित्र हात राखेर वा औषधिहरु राखेर पत्ता लगाउने त्यसपछि सिस्टमेटिक उपचार गर्ने गरिन्छ । हाम्रो डिस्पेन्सरीबाट पहिले भन्दा अहिले चाहिँ साझ विहान पनि सेवाग्रहिको आवश्यकता अनुसार सेवा दिनेकम भैरहेको छ ।

सबै अ‍ैषधि त हामिकहाँ हुदैन । किनभने हामी पनि केहिँ औषधिहरु किनेर लिनुपर्ने हुन्छ । त्यहिँ औषधि नै वितरण गर्ने हो । त्यको केहि राजश्व लिएर जस्तै बाख्राहरुलाई १० रुपैयाँ गाई भैँसीहरुलाई २० रुपैयाँ राजश्व लिएर औषधिहरु वितरण गरिन्छ । रोल्पामा धेरै जटिल खालका समस्याहरु त देखिदैन तर कहिलेकाहि समस्याहरु एटिसिया देखि लिएर जुकाको औषधि र जुम्रा मार्ने अ‍ैषधिहरु किन्न धेरैजसो कृषकहरु आउने गरेको पाइन्छ, भने विभिन्न खालका भिटामिनहरु लिन सेवाग्राहिहरु आएका हुन्छन् । यहाँको डाटाहरु हेर्दा पशुहरुमा खोरेत लगायतका रोगहरु लागेको पाइदैन । स्मार्ट कृषि गाउँमा स्माट भित्र रहेका कृषकहरुलाई शिविरहरु सन्चालन गरिन्छ त्यहाँ पनि औषधिहरु बाड्ने गरेका छौ यसबाट पनि धेरैजना लावाम्भित भएका पाइन्छ । जसले गर्दा सेवाग्राहिहरुलाई फाइदा पुर्‍याएको छ ।

 अन्त्यमा केहि भन्नु छ?

हामिले घाँसमा बढि ध्यान दिन आवश्यक छ । पशुपालन भनेकै घाँस हो आहारा व्यवस्थापन नगरेर पशुहरु पालनको कल्पना गर्न सकिदैन त्यसैले घाँस नर्सरीहरु स्थापना गर्ने र किसानले घाँस लगाउनु नै पर्छ भन्ने सोचेर लगायो भने पछिसम्मलाई रहन्छ नभए घाँसमा ध्यान दिन सकिएन भने पछि आएर पान्छेहरु पशुपालनमा त्यति जाँगार लगाउदैनन् ।

अहिलेको परिवेशमा बढि पढेलेखेका मान्छेहरु हुन्छन् । उनीहरुले जागिर नै खान खोज्छन । उनीहरुले पढेर गाई भैँसी पाल्न अझै नेपालमा मनसाय राखेको देखिन्न । पढेर जागिरै खानुपर्छ भन्ने सबैको मनसाय हुन्छ । यसले गर्दा पशुपालन क्षेत्रमा मान्छेहरु धेरै जाँगर गरेको देखिन्न । यदि किसानहरु पढेलेखेका व्यक्तिहरु आएमा राम्रो फाइदा लिन्छ ।

कृषि क्षेत्र नेपालको खम्बा नै हो । हामिले गर्न नसकेको भनेको प्रतिफलमा आधारित कार्यक्रमहरु पनि हामिले गर्न खोजेको हो । तर किसानले बोका, खशी बेच्यो भने त्यसको कुनै ठाउँमा रेकर्ड हुँदैन । त्यसलाई कुनै सहकारी मार्फत पैसा लिने दिने कार्य बन्यो भने उस्को डाटा बन्छ कस्ले कति पशुपंक्षी बेच्यो भनेर रेकर्ड रहन्थ्यो । यो काम गर्नका लागि रोल्पामा संगठित संस्थाहरु नभएकाले गर्न सकिएन ।

संगठित संस्थाहरुलाई उत्पादन सामग्रीहरु अन्तै पठाउन साधनको व्यवस्था यान्त्रीकरणमा १२ लाख ५० हजार रुपैया रहेको थियो । तर यो पछि आएको कार्यक्रम भएकाले कार्यक्रम गर्न सक्ने अवस्था थिएन त्यसैले हामिले टेन्डर गर्न भ्याएनौँ । किनभने ३५ दिन टेन्डरको समय निकाल्न, सेलेक्सन गर्दा समय लाग्ने भएकाले अथवा विभिन्न प्रकृयाले गर्दा त्यो गर्न सकिएन समग्रमा भन्दा रोल्पाको पशुपालन क्षेत्रमा माछा देखि लिएर गाई भैँसी भेडा बाख्राले नै किसानहरुलाई अनुदान दिएर हुन्छ । कि प्रविधि प्रसार गरेर हुन्छकी प्रोत्साहित गर्दै लागेका छाैँ । त्यसैले कार्यक्रमहरु राम्रै भएको जस्तो लागिरहेको छ ।

भिडियाे कुराकानी

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस