रोल्पामा बस दुर्घटना : १५ यात्रु घाइते, ३ सिकिस्त

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका ७, रिचीमा बस दुर्घटना भएको छ । आज (मंगलबार) दिउँसो १ बजेतिर परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना।५ख २६१२ नम्बरको बस रिचीमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । बागमाराबाट १५ यात्रु लिएर बस हिँडेको थियो । बसमा सवार १५ जनामध्ये तीनजनाको अवस्था सिकिस्त छ । १२ जनाको अवस्था सामान्य रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेको घिमिरेको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस