माओवादी युद्धकी उत्प्रेरक “जुरेली” :  जसले कपालको चुल्ठोमा लुकाएर चिट्ठी आदान प्रदान गर्थिन

२७ साउन, रोल्पा । वास्तविक नाम फाँची पुन । उमेर ६५ वर्ष । परिवर्तन गाउँपालिका वडा नं.३ नाफे हो उनको स्थायी ठेगाना । पूर्व सभामुख ओनसरी घर्ती, जयपुरी घर्ती जस्ता रोल्पाका महिला नेतृहरुले विद्यालय पढिरहदा उनी सक्रिय राजनीतिमा थिईन । कम्युनिष्ट पार्टीको सदस्यता लिनु त्यतिबेला चानचुने थिएन । अझ महिलालाई झन असम्भव जस्तै तर असम्भव भनिएको काम समेत उनका लागी सम्भव भयो । पार्टी नेताको विश्वास जित्दै परिक्षण काल पुरा गरेपछि उनले २०५१ सालमा पार्टी सदस्यता पाईन । पार्टी सदस्यलाई पि.एम.भन्ने चलन थियो । उनी त्यस क्षेत्रको पहिलो महिला पिएम बनिन ।

२०४८ देखी नै रोल्पा रुकुममा वर्ग संघर्ष चलिसकेको थियो । मुखिया, जिम्मेवाललाई तत्कालिन संयुक्त जनमार्चाका कार्यकर्ताहरुले सामन्त भन्थे । आफ्नो पार्टी निकट भए क्रान्तिकारी मानिन्थे । अन्य पार्टीका सामन्तमा गनिन्थे । तिनिहरुको विरुद्ध वर्ग संघर्ष संचालन गरेको भनिन्थ्यो । वर्ग संघर्षको समय देखी नै जुरेली राजनीतिमा कृयाशिल थिईन । वर्गसंघर्ष बेला हतियार थिएन । सामन्तलाई सेवेटेज गर्दा घरेलु हतियार प्रयोग हुन्थे । उनको जिम्मा लौरा तयार गर्नु हुन्थ्यो । उनी जंगल गएर लौरा तयार गर्थिन । उनले सयौँ लौरा तयार गर्थिन । २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन संयुक्त जनमोर्चाका उम्मेदवार (हालका सभामुख) कृष्णबहादुर महरालाई जिताउन जुरेली कम्मर कसेर लागिन ।

२०५१ सालमा ईरिबाङको चप्कामा प्रहरीले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई पक्राउ गर्ने उद्धेश्यले आक्रमण गर्दा प्रतिरक्षाको क्रममा ढलेका मनबहादुर पुनको सहोदर दिदी समेत हुन जुरेली । माओवादीको पहिलो सहिद मनबहादुर पुन र लोकबहादुर घर्तीलाई प्रहरीले गोलि हानि हत्या गरेको थियो । मावि राँसीका तत्कालिन शिक्षक तथा हालका उपराष्ट्रपति पुनलाई हानेको गोली लागेर भाई मनबहादुर र अर्का युवा लोकबहादुर घटना स्थलमै ढलेका थिए । घटना पछि सबैको भागाभाग भयो । लोक मनको रगत वगिरहेको स्थानमा उनै जुरेली एक्लै थिईन । प्रहरी आक्रमण पछि आतंकित गाउँलाई सान्त्वना दिने र निरन्तर क्रान्तिको यात्रामा लाग्न उनको ठूलो भूमिका रहेको तत्कालिन माओवादी हालका नेकपा(नेकपा) नेता कार्यकर्ताको भनाई छ । सेना प्रहरीले गर्ने समय समयको अप्रेशनबाट निरुत्साहित हुने नेता कार्यकर्ता र स्थानीय जनतालाई उत्प्रेरित गर्ने काममा जुरेली सधै अग्रपंक्तीमा हुने गरेको परिवर्तन गाउँपालिका ३ का वडाध्यक्ष भानसिं बुढाले स्मरण गरे । युद्धताका जुरेली सबैको प्रेरणाको श्रोत थिईन अध्यक्ष बुढाले भने ।

तीन दाजुभाईको रगत खेर जान नदिने संकल्प

साहिलो भाई मनबहादुर २०५१ साल मंसिर ९ गते प्रहरीको गोलि लागेर ढले । मावि रांसीका शिक्षक रहेका वर्तमान उप राष्ट्रपतिलाई पक्राउ गर्न खटिएको प्रहरीले चलाएको गोलिबाट शिक्षक पुनलाई बचाउन खोज्दा बन्दुकको शिकार बने मनबहादुर । मनबहादुर जुरेलीको साहिलो भाई हुन । मनबहादुर सँगै राँसीका लोकबहादुर घर्तीको पनि मृत्यु भयो । साहिलो भाईको मृत्यु पछि जुरेलीलाई भाईको रगत खेर जान नदिने बाचा खादा पूर्णकालिन कार्यकर्ता बनिन । पार्टीले युद्ध घोषणा गरेको थिएन । तर जुरेली भने प्रहरी प्रशासनको खोजीको सूचीमा थिईन । लुक्दै हिडुनु पर्ने अवस्था थियो । २०५२ साल फाल्गुन १ गते पार्टीले जनयुद्ध घोषणा ग¥यो ।

सरकारले व्यापक रुपमा प्रहरी परिचालन ग¥यो । युद्धकै क्रममा दाजु खटकबहादुर पुनलाई सेनाले पक्राउ ग¥यो । ०५८ साल मंसिर २४ गते जिलाधुरी रिपिटर टावर आक्रमण गर्ने योजना सहित माओवादी सेना ईरिबाङ आसपास क्षेत्रमा केन्द्रीत भएको बेला खटकबहादुर घर आएका थिए । त्यही मौकामा सेनाले उनलाई पक्राउ ग¥यो । पक्राउ परेको खटकबहादुरलाई नेपालगन्ज पु¥याएको भन्ने सम्म जानकारी छ, जुरेलीलाई त्यसपछि वेपत्ता उनको बारे अहिले सम्म परिवार बेखबर छ । २०६१ सालमा माहिलो भाई फर्कसिं पुन पनि सेनाद्धारा मारिए । आफुले परिवर्तनको लागी उत्प्रेरित गरेका तीन दाजुभाईले ज्यान गुमाए पछि उनीहरुले छाडेर गएको बन्दुक र खुकुरी मैले भिरे जुरेलीले भनिन् ।

वास्तविक नाम फाँची पुन भएपनि गाउँकै सुराकीले प्रहरीमा उनको नाम टिपाउदा प्रहरीले फासी नाम टिपेछ । एक पटक सेना उनलाई खोज्दै गाउँ आई पुग्यो । सेनालाई फाँसी खोज्दै जाँदा उनीसँग भेट भयो । उनले नागरिकता देखाईन नागरिकतामा फाँची पुन थियो । नागरिकताको नाम र सेनाको रेकर्डमा भएको नाम नमिले पछि उनी बचिन । पार्टीमा धेरैले दिदी भनेर बोलाउथे उनलाई । पछि उनको नाम जुरेली राखिएछ । पार्टी कमिटीको बैठकमा टेक नाम राख्ने चलन थियो । उनी उपस्थित नभएको बैठकले जुरेली नाम राखेको उनले २ वर्ष पछि मात्र थाहा पाईन । जुरेली अरु कोही नै होलान भनेको त मेरो नाम पो रहेछ । एक जना सहयोद्धाले तपाईको टेक नाम जुरेली हो भने पछि बल्ल थाहा पाए उनले भनिन ।

जुरेलीको घरमा प्रचण्डको १ वर्ष

माओवादी युद्धका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड १ वर्ष जुरेलीको घरमै बसे । प्रचण्डले मलाई दिदी भनेर बोलाउथे जुरेलीले भनिन । नाफे गाउँका ५ र केवरी गाउँका २ घर सेल्टरको रुपमा प्रयोग गरिएका थिए । माओवादी नेता कार्यकर्ता आउदा जाँदा तिनै घरमा बस्थे । मौसमी चन्दा उठाएर तीनै सेल्टर घरमा राखिन्थ्यो । माओवादी युद्धकालमा मौसमी चन्दा भन्नाले मकै, गहु, चामल जस्ता अन्नलाई जनाउथ्यो । त्यसरी सेल्टर दिएका नाफेका ५ मध्ये २ वटा घर त जुरेलीकै थियो । घर सेल्टर दिएको सूचना पाएर सेनाले उनको घर ध्वस्त पारिदियो भने अन्नपात र लत्ताकपडा पनि सबै जलाई दियो । सेल्टरमा प्रयोग गरिएका ती घरलाई माओवादी नेता कार्यकर्ता जुरेली पोष्ट भन्थे ।

शान्ति प्रकृया पछि जुरेलीलाई गाउँकै एक निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने जिम्मेवारी आयो । विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्था निकै कमजोर थियो । विद्यालय व्यवस्थापन समितिको बैठकमा सहयोग उठाएर विद्यालय सुधार गर्ने निर्णय भयो । सोही अनुरुप केही साथीहरु लिएर जुरेली काठमाडाँै गईन । त्यती बेला पुष्पकमल दाहाल प्रधान मन्त्री थिए भने रोल्पाकै वषर््ामान पुन मन्त्री थिए । विद्यालय संचालनको लागि सहयोग माग्न आएको भन्ने कुरा जुरेलीले गरिन । सँगै रहेका प्रधानमन्त्री र मन्त्रीले ५÷५ हजार झिकेर दिए । विद्यालय सहयोगका लागि ठूलै रकम उठाउन काठमाडाँै गएकी जुरेली १० हजार बोकेर फर्किइन ।
कपालको चुल्ठामा चिठ्ठी बोकेर हिड्थे

सञ्चार विभागको जिम्मेवारी थियो उनलाई । चिठ्ठी आदान प्रदान गर्ने कामलाई माओवादी द्धन्दकालमा संचार भनिन्थ्यो । टेलिफोन, मोबाईलको सम्भावना थिएन । ठूला जिम्मेवार नेताहरु वाकीटाकी प्रयोग गर्थे । सोलारमा ब्याट्री चार्ज गरेर वाकीटाकी प्रयोग गरिन्थ्यो । एरिया ईन्चार्ज देखी माथिका नेताहरुले वाकीटाकी प्रयोग गर्ने हैसियत राख्थे । सञ्चार विभाग सदस्य बनाईएकी जुरेली भने जंगलको बाटो प्रयोग गरेर चिठ्ठी ओसार पसार गर्थिन । संचारको भाषामा जुरेलीको घर रहेको ठाउँलाई जुरेली पोष्ट भनिथ्यो । विभिन्न नाम दिएर ठाउँ ठाउँमा त्यस्ता पोष्ट तयार गरिएका थिए । आफ्नो पोष्टबाट टाढा टाढा सम्म पनि जुरेलीले चिठ्ठी पु¥याउनु पथ्र्यो । कहिले त रुकुम सल्यान सम्म पनि चिठ्ठी बोकेर जान्थे जुरेलीले भनिन । दाङ आक्रमण पूर्व त अवस्था त्यती असहज थिएन । दाङ आक्रमण पछि भएको सेना परिचालनले उनको संचार कर्मलाई पनि प्रभावित ग¥यो । बाटामा कैयौं पटक सेना प्रहरी भेटिन्थे । खानतलासि गर्थे । उनले भने चिठ्ठी कपालको चुल्ठोमा पोको पारेर आवत जावत गर्थिन । चिठ्ठीमा के लेखिएको छ थाहा हुदैनथ्यो । बोकेर हिड्ने मात्रै जुरेलीले स्मरण गरिन ।

पत्रकारको प्रश्न हैरान

सात राजनैतिक दल र विद्रोही माओवादी वीच लोकतान्त्रिक गणतन्त्रमा जाने ७ बुदे सम्झौता भए पछि राजतन्त्रलाई धक्का दिने भन्दै आन्दोलनको घोषण भयो । २०६३ वैशाख ८ गते राप्ती अञ्चलका ५ जिल्लालाई दाङको घोराहीमा विशाल जनप्रदर्शन गर्ने निर्णय भयो । सहरबाट ७ राजनैतिक दलले र ग्रामीण क्षेत्रबाट तत्कालिन माओवादीले जनपरिचालन गर्ने आन्तरिक सहमति भयो । जुरेली पनि उक्त जनप्रदर्शनमा सहभागी हुने भईन । रोल्पाका विभिन्न भूगोलबाट ठूलो संख्याका जनता र माओवादी कार्यकर्ता दाङ झरे । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको थियो । उनीहरु छद्म भेषमा दाङ झरेका थिए । लाखौको मासमा पत्रकारको आँखामा परिन जुरेली । पत्रकारले सोधेका प्रश्नको जवाफ दिएर हैरान परिन उनी । निकै साधारण गाउँले पोषाकमा दाङ झरेकी अर्धवैशे महिला देखेकै कारण पत्रकारले मलाई पछ्याएका हुन सक्छन जुरेलीले भनिन । निकै उत्साहका साथ पत्रकारको प्रश्नको जवाफ दिन्थे । भूमिगत कार्यकर्ता भएकाले प्रहरी प्रशासनको आँखा छलेर पत्रकारले अन्तरवार्ता लिन्थे जुरेलीले भनिन । शान्ती प्रकृया पछि पनि कैयौं पटक दाङ झर्ने अवसर मिल्यो उनलाई । माओवादीले दाङमा संचालन गर्ने अञ्चल स्तरीय कार्यक्रममा जुरेली प्रायः मेसको सहयोगी हुन्थिन । मेस संचालन भएको स्थानमा पत्रकार आएर जुरेलीको अन्तरवार्ता लिने गर्थे ।

छोरा सरह छोरीलाई अंश

साम्यवादी दर्शनबाट निकै प्रभावित थिईन जुरेली । जाती, लिंग, वर्ग र क्षेत्र वीचको विभेदलाई अन्त्य गर्दे वर्गविहिन समाज निर्माण गर्ने सपनाका साथ जोखिमपूर्ण आन्दोलनमा लागेकी थिईन उनी । छोराछोरी वीचको विभेद अन्त्य गर्ने भन्दै उनले आफ्ना तीन सन्तानलाई सम्पत्ती समेत दिईन । २ छोरी र १ छोराकी आमा जुरेलीले जेठी छोरीलाई २ कित्ता जग्गा र एउटा ढुंगे घर दिईन । कान्छी छोरीलाई एस.एल.सी. सम्म पढाईन भने थप ५० हजार रुपैयाँ समेत दिईन । बाँकी सम्पत्ती छोराको नाममा छ उनले भनिन । सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो तर नेताहरु ठिक उल्टो दिशा तिर हिडे । नातावाद कृपावाद र पैसामा चुर्लुम्य डुले पछि अब के को साम्यवाद उनले प्रश्न गरिन । अतित सम्झने बाहेक अरु विकल्प छैन जुरेलीसँग । सशस्त्र युद्धले महिला, दलित, मद्येशीहरुलाई अधिकार त दियो तर गन्तव्य चुम्न नसकेकोमा दुखित छिन उनी । युद्धकै कारण उनको घरमा भने कहिल्यै शान्ती भएन । श्रीमानले उनलाई कहिल्यै साथ दिएनन । राजनीतिको कारण घरमा झगडा भइरहन्थ्यो । अधिकारको लागि ज्यानको पर्वाह नगरि लडेको म भने सधै घरेलु हिंसाको शिकार भई रहे जुरेलीले भनिन । मेरो घरको झगडा मिलाउन पार्टीका साथीहरु आउथे । तर श्रीमानले कहिल्यै बुझेनन त्यसकारण यो बुढेसकालमा श्रीमान श्रीमती एक्लाएक्लै छौँ जुरेलीले भनिन ।

जुरेली जस्ता माओवादी युद्धमा सबथोक गुमाएकाहरु कमै होलान । ठूलो लगानी छ पछिल्लो परिवर्तनमा उनको । तर उनलाई नेताले विर्सदै गएका छन् । परिवर्तनमा लगानी नभएकाहरुले ठूला ठूला अवसर लिइ सके जुरेलीको भने विहान बेलुका जोहो गर्ने समस्या छ । स्थानीय तहको निर्वाचनमा उनलाई वडा सदस्यको उम्मेदवार हुन अनुरोध भयो तर उनले स्वीकार गरिनन ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस