आज भदौ २४ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७, भदौ २४ गते बुधबार

मेषः दिन मध्यम छ । बोलीवचनमा प्रभाव घट्नेछ । आर्थिक विचलन देखिन सक्नेछ । शरीर पनि अस्वस्थ रहनेछ । धैर्य गर्नु बेस हुनेछ ।

वृषः दिन भाग्योदयकारक छ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मिथुनः दिन नितान्त प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुने देखिन्छ ।

कर्कटः दिन लाभदायक खालको छ । महिलाका तर्फबाट फाइदा हुने देखिन्छ । मनमा प्रसन्नता छाउनेछ । विद्यामा पनि प्रगति हुनेछ ।

सिंहः दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ । मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ ।

कन्याः दिन मध्यम छ । धार्मिक क्षेत्रमा कमी आउनसक्छ । शरीरमा घाउ चोटपटक लाग्न सक्ने सम्भावना छ । सावधानीको आवश्यकता पर्ने देखिन्छ ।

तुलाः दिन नितान्त प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।

वृश्चिकः दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

धनुः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । दीर्घकालीन कामको सोच हुनेछ ।

मकरः दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गनुृ बुद्धिमानी हुनेछ । शरीर पनि अस्वस्थ रहनेछ ।

कुम्भः दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।

मीनः दिन सार्थक छ । सामाजिक काममा गति थपिनेछ । दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस