२४भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा बिहिबारदेखि केही क्षेत्रमा हट्ने भएको छ।
भदौ ३ गते देखि उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार–व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने छ।
उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार र व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा पुगेका हुन।
अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।
दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। रेष्टुरेन्टहरुको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।
तर सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्दै रहने छन्।
निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न नपाइने बताइएको छ।