२४ भदौ, काठमाडौँ । भारतमा थप ४३ हजार ४०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३१ लाख ३८ हजार ८५६ पुगेको छ ।

हालसम्म भारतमा ३ लाख ९९ हजार ९०० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३३९ संक्रमितको मृत्यु भएको छ ।