महिलालाई शिक्षा र समानताको न्याय आवश्यक : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

२३भदौ : काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको बताएका हुन ।

शिक्षाबिना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागीता र जीवनका सम्पूर्ण आयममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लखनीय नेतृत्वदायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस