निन्द्रामा घुर्ने (अब्स्ट्रक्टिभ स्लीप एपनिया) रोग भएका मानिसमा कोरोना भाइरसबाट मृत्यु हुनेमा तीन गुणा बढी सम्भावा रहेको तथ्या बाहिर आएको छ ।
वावरिक विश्वविद्यालयका वैज्ञानिकहरूले अब्स्ट्रक्टिभ स्लीप एपनिया एपनिया र कोरोना भाइरसको १८ अध्ययन समीक्षा गरेको बताएका छन् ।
यस अध्ययनमा उनीहरूले निन्द्रा घुर्नेहरु अस्पतालमा भर्ना भएका कोरोना बिरामीहरूमा मृत्युको जोखिम तीन गुणा बढी रहेको देखाएको छ ।
अन्वेषकहरूका अनुसार घाँटीको मांसपेशिमा हुने अब्स्ट्रक्टिभ स्लीप एपनियाको कारणले उनीहरूको वायुमार्ग अस्थायी रूपमा बन्द हुन्छ ।
यसका कारण मानिसहरू घुर्ने गर्दछन्। अस्पतालमा भर्ना भएका यस्ता बिरामीहरूलाई अझ बढी भाइरसको खतरा बढी हुन्छ ।
अध्ययनका अनुसार मधुमेह, मोटोपना र उच्च रक्तचापका बिरामीहरूमा यो समस्या धेरै मात्रामा रहेको पाइएको छ ।
यी सबै रोग भएकाहरुमा पनि कोविड १९ बाट मृत्युको जोखिम अझ बढी छ ।
बेलायतमा मात्रै करीब १५ लाख मानिसहरू ’अब्स्ट्रक्टिभ स्लीप एपनिया’ को शिकार भएका छन् । जसमध्ये ८५ प्रतिशतको रोगको निदान भएको छैन ।
अमेरिकामा करीब दुई करोड १५ लाख मानिस यस रोगबाट पीडित छन् ।
वैज्ञानिकहरू भन्छन, कोरोना बिरामीहरूको स्वास्थ्यमा अवरोधक निन्द्रा एपनियाको प्रभाव बुझ्न अझ बढी अनुसन्धान आवश्यक छ ।
यद्यपि अनुसन्धान विज्ञ मिशेल मिलर भन्छन, जब अनुसन्धानका नकरात्मक प्रभावहरु आए भने पनि अचम्भित हुनुपर्दैन ।
अब्स्ट्रक्टिभ स्लीप एपनियाको मोटोपन जस्तो सबै रोगहरूसँग एक सम्बन्ध राख्छ । जसबाट कोरोना बिरामीहरूको ज्यान जोखिममा हुन्छ।
तसर्थ, अब्स्ट्रक्टिभ स्लीप एपनियाका बिरामीहरूमा कोभिद १९ भाइरस पोजेटिभ देखा पर्दा पनि बढी सतर्क हुनुपर्छ ।
उपचार राम्ररी गराउनु हुनुहोस् र जोखिम कम गर्न अधिकतम ध्यान दिनुहोस् । मास्क लगाउनुहोस् र सामाजिक दूरी कायम गर्नुहोस् ।
मिशेल मिलर भन्छिन्, कोभिड १९ का कारण विरामीमा अक्सिडेटिभ तनाव र ईन्फ्लेमेन्टको सम्भावनामा उल्लेखनीय बृद्धि गर्दछ ।
जसले ब्राडीकिनिनले शरीरमा रक्तचाप नियन्त्रण गर्ने तरिकालाई प्रतिकूल प्रभाव पार्छ ।
अब्स्ट्रक्टिभ स्लीप एपनियाले पनि यस प्रकारको समस्या ल्याउछ ।
यस अध्ययनमा भाग लिने विशेषज्ञहरूले भनेका छन्, अब्स्ट्रक्टिभ पनियाबाट ग्रस्त १० मध्ये ८जना कोरोना बिरामीहरू उच्च जोखिममा रहन्छन् ।
मधुमेह सम्बन्धी एक अनुसन्धानका अनुसार १,३०० बिरामीहरुमा मधुमेह र अब्स्ट्रक्टिभ स्पिल एपनियाको कारण ७ दिनपछि अस्पतालमा भर्ना भएपछि मृत्युको हुनेमा २।८ अर्थात तीन गुणा बढी जोखिम बढ्यो ।
-एजेन्सी