दाङ । गएराती परेको अविरल बर्षातले लमही नगरपालिका ३ टिकुलीगढका करिब एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ । प्रगन्ना तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालयले थालनी गरेको नारायणपुर सिंचाई आयोजनाको कुलाको पानी र पहाड बाट झरेको पानीले बस्तीमा पसेर क्षति गरेको हो ।

राती १ बजेदेखि परेको अविरल वर्षाको पानी बस्तीमा पसेको हो । पानीले अन्नपात, लत्ताकपडा, बालबालिकाका किताब कापी पूर्णरुपमा भिजाएर कामै नलाग्ने बनाइदिएको छ भने काट्नका लागि तयार भएको धानबालीमा समेत नोक्सान पु¥याएको छ ।

धनिराम चौधरी, बिनिता चौधरी, नीमा चौधरी, टोप बहादुर वली, काशीराम चौधरी, पुनिराम चौधरी, पतिराम चौधरी, राज कुमार चौधरी, सिताराम चौधरी लगायत एक दर्जन घरमा पानीले क्षति गरेको हो ।