भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख

२४असोज, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६ हजार १५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ४९६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९६४ संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ४९० पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस