बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

२४ असोज, काठमाडौँ । बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो ।

भेरी अस्पताल पुर्‍याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस