२४असाेज, रोल्पा। रोल्पामा जीप दुर्घटना हुँदा आज एक जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् ।
रोल्पा नगरपालिका–१ सल्लिबोटबाट वाखोला जादै गरेको लु १ च ९४९३ नम्बरको बोलेरो जीप छेडा पोखरामा दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका–१ खेवासेका २० वर्षका गोबर्धन घर्तीको मृत्यु भएको होे ।
दुर्घटनामा सहचालक सोही वडाको सल्लीबोटका २३ वर्षका नविन पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार


