काठमाडौँ । मुम्बई इण्डियन्सले पाँचौँ पटक आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौँ पटक च्याम्पियन बनेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।
प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार