सामुदायिक विद्यालय र राजनीति

समाज आफैमा गतिशिल, बहुआयामिक द्वन्द्वत्मक, र र समन्वयकारी चरित्र बोकेको हुन्छ । समाजभित्र क्रियाशिल सामाजिक एकाईहरु बीचको अन्तरक्रिया र अन्तर संघर्षबाट समाज रुपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको हुन्छ ।

सामाजिक क्रिया, अन्तरक्रिया र अन्तरविरोधहरु चेतना स्तरको विकासबाट प्रभावित हुने गर्दछ । चेतनाको विकास शिक्षाले र्निमाण गर्ने गर्दछ । शिक्षा र शैक्षिक प्रणाली मानव सभ्यताको ऐना हो । जसले समाज भित्र क्रियाशिल आर्थिक, राजनैतिक, संस्कृतिक पक्षहरुको गुण विशेषता, क्षमता, नीति र पद्धतिहरु हाम्रो व्यवहार, आचरण र कार्य क्षमताबाट आकृतिको रुपमा देखिने गर्दछ ।

नेपाल गाउँनै गाउँले भरिएको देश हो । जहाँ शिक्षाको पहिलो संस्थागत मुल भनेको सामुदायिक विद्यालयहरु हो । आज राज्यको सामुदायिक विद्यालय प्रतिको उदासिलनतालाई हेर्दा लाग्छ । राज्यनै दुई थरीका नागरिक, कर्मचारि उत्पादन गर्न कम्मर कसेर लागि परेको छ । जसले गर्दा मजदुर किसानका सन्तानहरुले कहिल्यै पनि उपल्लो दर्जाका नागरिकहरुको सन्तानसँग प्रतिस्पर्धामा सामेल हुनै नपाउने गरि दिर्घकालिन विभेद गर्नका लागि खोलिएको सामुदायिक भट्टि जस्तै देखिन्छ । आजको सामुदायिक विद्यालय । सामुदायिक विद्यालअन्तर गत पर्ने कक्षा ११÷१२ पहिला–पहिला क्याम्पस भनिन्थ्यो । जुन सरकारी थियो । पछि निजिकरण गरियो +२ बनाईयो क्याम्पसको हालत बेहाल भयो अन्नतः बन्द गराईयो आज तेहि क्यम्पस को ११/१२ माध्यामिक शिक्षा बनाइएको छ । दुरदराजका गाउँ गाउँसम्म पु याइएको छ । जुन गाउँघरमा सामुदायिककरण छ र समुदायले संचालन गरि रहेको छ भने । सहरमा निजिकरण को व्यापक कब्जा भित्र छ।

गाउँघरमा राजनीतिक कब्जाले माध्यमिक शिक्षा धोस्त छ । आफ्नो अस्तित्व बचाउन एसईई (SEE)  प्रमाण–पत्रको चर्को व्यापार गरेर आफ्नो परान बचाई रहेको छ । भने अर्को तर्फ कुन शिक्षक कुन विषयको दक्ष हो , थाहा छैन । सरकरी तलवमा अतिरिक्त तलव थप्ने जोडमा शिक्षकहरु दौडिरहेका छन् । विद्यार्थी, अभिभावकहरु बेखबर छन् । सम्बन्धित निकाय नतमस्तक छ ।

अर्को तर्फ सहरमा व्यापारिक कब्जाले माध्यमिक शिक्षा महंगो छ । गाउँमै पढे व्यर्थमा जिन्दगी जान्छ । सरहमा पढ्न गए भएको अलिकति बाँजो जमिन पनि जान्छ ।

गोठमा भएको एउटा भैँसि र २/४ वटा बाख्रा पनि जान्छ तर पनि जिन्दगी अनिश्चित भबिस्य भित्र रुमलिरहेको हुन्छ । त्यो भन्दा विदेश जाने २०/२५ हजार कमाउने आउने विवाह गर्ने वा विवाह गरेर विदेश जाने अनि कमाउने भन्ने मानसिकताको विकासले समाजमा बालविवाह दिनप्रतिदिन बढिरहेको छ । बाल विवाह र वैदेसिक रोजगारिको कारनले सम्बन्ध विच्छेद र महिला हिंसा सँगसँगै घरेलु हिंसा र लागुपर्दाथ को दुर्व्यसनीको कुचक्र भित्र गाउँघर रुमल्लि रहेको छ ।

राज्यले संविधानामा समाजवाद उन्मुख राज्य र्निदेशकको सिद्धान्त अवलम्बन गर्दै गर्दा शिक्षामा भईरहेको अनैतिक व्यापार र विभेदलाई किनरमिता हेर्दै छ ? आज सहरमा डाक्टर, इन्जिनियर, चार्टर अकाउन्टेन्ट, इन्फोमेसस टेक्नोलोजिको (IT) जस्ता शिक्षा को ब्यापार महंगिदै र फस्ताउदै गर्दा त्यी विषय पढ्ने विद्यार्थी जन्माउने शिक्षक उत्पादन गर्ने शिक्षा विषयको पढाई भने गाउँघर तिर मात्रै किन केन्द्रित हुदैछरु गाउँघर भरि धेरै जसो माध्यामिक विद्यालयहरुमा शिक्षा विषय नै पहिलो विकल्पको रुपमा मात्रै किन सन्चालित । जसको आजको स्थिति बेहाल छ तैपनी जनतन पास भए पछी पढ्न जाने सरकरी क्याम्पसको स्थिति पनि त्यही सामुदायिक बिधालय को जस्तै छ । एसले भबिस्यमा हाम्रो शैक्षिक गुणस्तरको स्तर कस्तो हुने छ वा भबिस्यमा शिक्षण सिकाई मा कसरि नया आयाम थपिदै छ भन्ने कुराको सजिलरी पुर्ब अनुमान गर्न सकिन्छ कि सकिँदैन।

यदि राज्यले दिगोविासक सँगसँगै अधिक्तम आत्मर्निभर विकासको लक्ष्यलाई हासिल गर्ने हो भने भौतिक पूर्वधारको विकास सँगसँगै वोद्धिक पूर्वधारको विकासलाई पनि अगाडि लैजानु पर्छ । अन्यथा भौतिक पूर्वधारको मात्रै विकासले उपभोक्तावादि समाज निर्माण गर्ने वाला छ ।

अन्नतः समाज दलाल पूँजिवादको चक्र भित्र फसि गरिवि, वेरोजगार र कमिसनको चक्रभित्र अझिरहेको हुनि छ ।  यदि राज्यले साच्चिकै सामुदायिक बिधालय हरु सुधार गरि बौद्धिक पुर्बधारको जग बलियो बनाउने हो भने  सरकारले शिक्षामा समय सापेक्ष नीतिगत सुधार र स्रोत व्यवस्थापनमा उचित पहल कदमि सहति बजेटमा वृद्धि गर्दै लैजानु पर्छ र समुदाय स्तरबाट जनताले स्रोतको संरक्षण व्यवस्थापन र उचित निरिक्षण सहित व्यापक जनसहभागिता बढाउदै लैजानु पर्छ । हरेक जिम्मेवार राजनैतिक पार्टीका जिम्मेवार कार्यकर्ताहरुले शैक्षिक क्षेत्रलाई ग्रामिण राजनैतिक मुद्धमैदान को रुपमा नभै बुद्धी उत्पादान गर्ने सामाजिक उद्योगको रुपमा बिकास गर्नु पर्छ । विद्यालय शिक्षा सुधारको सवालमा समुदायमा भएका फरक फरक मत र स्वार्थ हरु बिचमा हारजितको सवाललाई भन्दा सहमति र सहकार्यलाई प्रथमिकतामा राखेर अगाडि बढ्नुपर्छ सहमती राजनीतिक भागबन्दा को नाउमा बिधालय को श्रोत दोहन गर्ने, कर्मचारी सरुवा बधुवा वा नियुक्ति मा चलखेल गर्ने गरि शक्ति सन्तुलनमा नभै शैक्षिक गुणस्तर वृद्धि सङै बिधालय सुधारमा हुनुपर्छ।

जनताले आफनो सन्तानको भविष्य निर्माण गर्ने ठलोलाई अब जनता हरुले राजनैतिक पार्टीका नेता कार्यकर्ताहरुको जुंगा जोगाउने थलोको रुपमा परिनतगर्न दिनु हुनदैन अब जनस्तर बाटै आफ्नो सन्तान, राम्रो सन्तान सक्षम सन्ता आफै बनाउन मिले जुतेर सचेत भएर लाग्नु पर्छ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस