तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्न थालेको छ । जेष्ठ नागरिकको स्वास्थ्य अबस्था बुझ्न तथा अहिले विश्वभर नै देखा परेको कोरोना संक्रमण न्यूनिकरण गर्न ८० बर्ष माथिका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्न थालिएको वडाध्यक्ष सूर्यबहादुर डाँगीले बताए । मुलुकमा देखा परेको कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न तथा जेष्ठ नागरिकको स्वास्थ्य अबस्था बुझ्न घरमै पुगेर जाँच गर्न थालिएको वडा अध्यक्ष डाँगीले बताए ।’
जेष्ठ नागरिकलाई दैनिक आवश्यक पर्ने सरसफाई तथा पोषिलो खानेकुरा पनि वितरण गर्ने गरिएको छ । सेनिटाईजर, टावेल, मञ्जन, ब्रस, मास्क, नङकटर, नुहाउने सावुन वितरण गरिएको हो । त्यस्तै जेष्ठ नागरिकलाई पोषिलो खानेकुरा चेवनप्रास समेत प्रदान गर्ने गरिएको वडाध्यक्ष डाँगीले जानकारी दिएका छन् ।