दाङ । लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय अमिलियाका सुरक्षाकर्मीलाई कोरोना भाइरस सम्बन्धी एक दिने अभिमुखिकरण दिएको छ ।
कोरोना भाइरसका मुख्य लक्षण, यो रोगबाट आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने बारेमा सुरक्षाकर्मीलाई जानकारी गराईएको छ । त्यस्तै हिड्डुल गर्दा मास्क लगाउने, भिड्भाडमा नजाने, साबुन पानीले हात धुने जस्ता कार्य गर्न सके यो रोगबाट बचन सकिने जानकारी गराईएको छ ।
दिन प्रति दिन महामारीको रुपले फैलिदै जान थाले पछि राज्यले विभिन्न उपाय अपनाएर यो रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सचेतना कार्यक्रम गरिरहेको छ ।