काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले उपत्यका छाड्नेको चाप बढेसँगै बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ ।
पर्यटनमन्त्रीको अग्रसरतामा आज बुद्ध एयर सञ्चालकसँगको बैठकमा लामो दूरीको बस सञ्चालन नभएसम्मका लागि भाडा दर घटाएको जनाएको छ ।
नयाँ भाडा दरअनुसार अब काठमाडौंदेखि भैरहवाको ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । भने विराटनगरको अधिकतम भाडा ५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसरी नै भद्रपुरको ६ हजार २ सय रुपैयाँ कायम भएको छ भने नेपालगञ्जको ६ हजार ३ सय र धनगढीको ७ हजार ९ सय, पोखराको ३ हजार ७ सय र राजविराजको ४ हजार २ सय रुपैयाँ कायम भएको छ ।