रोल्पा । थबाङ गाउँपालिका वडा नं १ राचिबाङकी उषा बुढा १३ वर्ष उमेरको थिइन । उषाको आमाको स्वास्थ्यमा आएको समस्याले आर्थिक संकटकैकारण भनेजस्तो उपचार पाउन सकिन्न र अन्त्यमा उषाको आमाले मृत्यु सुइकार्न बाध्य भईन ।
आमाको मृत्युप श्चात उषा र उनको परिवारमा अन्धकार छायो । दिदि, दाई, बहिन र उषा सहित चार जना भाइबहिनी हुन ।
उषाको आमाको स्वास्थ्यमा पहिले देखि नै समस्या थियो । परिवार आर्थिक रुपमा त्यती बलियो पनि थिएन । सकेजति उपाचार भैरहेको थियो । आमाको उपचार गर्दैगर्दा भएको जति पैसा सकियो । उषाको दिदी शान्ति बुढाले आर्थिक संकटकै कारण १७ वर्षकै उमेरमा पढाइ रोकेर आमाको मृत्युहुनु अगावै विवाह गरेर पराइ घरको सदस्य भैसकको थिइन ।


दाइ विशाल बुढा अहिले १७ वर्षको मात्रै छन् । उनले पनि आर्थिक संकटकै कारण वीचमै पढाइ रोकेर कामको सिलसिलामा जिल्ला बाहिर छन । दाई दिदिहरुले घर छोडे पश्चात उषा र उनको बहिनी निशाको विचल्लीको परे ।
उनकी बहिनी निशा अहिले ११ वर्षको मात्रै भइन । निशा गाउँमा हजुर आमासँग गाउँकै सामुदायिक विद्यायालयको कक्षा दुईमा पढ्दै छिन् । उषालाई आफ्नो भविष्य भन्दा हर बखत बहिनीकै पढाई र भविष्यकै चिन्ता छ ।
मेरो पढ्ने ठुलो इच्छा थियो । समय र परिस्थितिले मलाई ठग्यो । दाइ दिदिहरुलाई त के नै सहयोग गर्न सक्छु र ? बहिनीलाई आफुले दुइ चार हजार कमाएर भए पनि धेरै पढाउने इच्छा छ ।
आमाको मृत्यु पश्चात बुबाको अवस्था अहिले साह्रै बिग्रिसकेको छ, न आफु नै सम्झनुहुन्छ न हामीले सम्झाएर सम्झिने अवस्था हुनुहुन्छ । अहिले विहान बेलुका कसरी हात मुख जोर्ने भन्ने टुङ्गो छैन ।
जसो तसो मैले कक्षा चार सम्म पु¥या तर त्यो भन्दा अगाडि पढाइ बढाउन सकिन । उमेर सानै छ काम गर्न बाहिर जाउ भने कसले नै काम दिन्छ र ? पढाइ छोडेर गाउँघरमा केही समय त ज्याला मजदुर गरे । केहि दिन अगाडि दिदीहरुलाई सहयोग यहाँ आएर अहिले दिदिहरु सँगै काम गरिरहेको छु ।

होटेलमा आएको धेरै समय त भएको छैन । होटेलमा विभिन्न थरिका मान्छेहरु आउनुहन्छ । यही गाउँका स्थानीय व्यक्ति देखि ठूला नेता सम्म । प्रायःले मलाई प्रश्न गर्नुहन्छ बहिनी तिमी कतिमा पढछौ । त्यती बेला मलाई उत्तर फर्काउन गाह्रो हुन्छ । पहिले पहिले त पढाइ छोडे भन्थ्ये आज भोली त पढदैन भन्न पनि लाज लाग्छ । हामी दःुखीहरुको लागि पढाइ त्यती ठूलो होला जस्तो लाग्दैनथ्यो । पछिल्लो समय ठूला मान्छेहरुको कुरा सुन्दा धेरै पढ्नु प¥यो भन्ने मनमा इच्छा जागिरहेको हुन्छ ।
म पढ्दै गर्दा मेरो बहिनीको पढाइ के हुन्छ भन्ने बारेमा धेरै चिन्ता लाग्छ । मैलै काम गरेर दुवैजनालाई पढ्न त गाह्रो हुन्छ । बहिनीको कुरा जोड्दै गर्दा उषाको आखा बेला—बेला आशु बर्सिरहन्छ । आफु नपढेर भएपनि बहिनीलाइ खुसिको साथ पढाउने धोका छ उषाको । बहिनी सँगै आफुलाई पनि पढ्ने व्यवस्था भयो भने अफ्नो पढ्ने इच्छा रहेको उनी बताउछिन् ।
अहिले त दुखमा परेका बालबालिकाहरुलाई सरकार अनि विभिन्न संघ संस्थाहरुले सहयोग गर्छन नि ? तिमिलाई चाही यो बारेमा थाहा छ कि नै भनेर प्रश्न गर्दा खै त्यसको बारेमा त त्यती धेरै मलाई थाहा छैन त्यस्को लागि त आफन्तीहरु ठूलाबडा हुनुपर्छ रे त हैन र ? भन्दै बेला बेला म माथी प्रश्न गरिन । तिमिलाई कस्ले छ¥यो यस्तो भम्र भन्दा मुस्कुराउदै भन्छिन—कसैले हैन सुनेको मात्र कता—कता तर उनको मुस्कानमा खुसि भने कति पनि देखिदैन थियो ।
उषा को कुरा सुन्दा लाग्छ । धेरै दुखहरु पार गरेर आइसकेको उमेरले पनि धेरै नागघिसकेको वयस्क व्यक्तिको जस्तो व्यवहारिक कुरा गर्न सक्ने मान्छे देखाउन खोज्छिन । दुःख त धेरै झेलिसकेर ती दुखहरु पार गरिसकिन तर उनको उमेर भने मात्रै १४ वर्षको छ ।
हाम्रो समाजमा एउटा भनाइ छ कि भोगेको व्यक्तिले जान्छ । कि पढेको व्यक्तिले जान्छ । हो तिनै हुन उषा जुन धेरै कुरा हरु भोगेर जानेको छिन ।