काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् ।
नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आइतबार जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुनेगरी बढाउन माग गरेका हुन् ।
कांग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।