काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा सरकारको तर्फबाट भएका काम र कांग्रेसले गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो ।