काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऐसेंलुखर्क १, खोटाङ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनीखेल बस्‍ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका ताराले प्रधानमन्‍त्री लगायत पूर्वप्रधानमन्‍त्री, वर्तमान रक्षामन्‍त्रीको तस्बिर प्रयोग गरी अमर्यादित कार्य गरेको प्रहरीको आरोप छ ।
यस्तै रामकुमारले प्रधानमन्‍त्री ओलीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोप छ । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि साइबर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।