रोल्पा । सुनछहरी गाउँपालिका रोल्पाले गाउँपालिका भित्रका सबै विद्यालयहरुको नतिजा प्रकाशन स्थगित गरेको जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई दृष्टिगत गर्दै अर्काे सूचना जारी नहुँदासम्का लागि नतिजा प्रकाशन स्थगित गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले विज्ञप्ति जारी गर्दै चैत्र २८ गते हुने भनिएको कक्षा १ देखि ९ सम्मका शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको नतिजा अर्काे सूचना जारी नहुँदासम्का लागि स्थगित भएको जनाएका हुन् ।