काठमाडौं । विश्वरभर कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट जीवन गुमाउनेको संख्या सोमबार बिहानसम्म १ लाख १४ हजार १ सय ९४ पुगेको छ । संक्रमित संख्या १३ लाख १४ हजार ८ सय ५४ नाघेको छ ।
संक्रमित मध्ये ५० हजार ७ सय ७६ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोना संक्रमण भएका ४ लाख २३ हजार ३ सय ८ जना भने पूर्ण रुपमा निको भएका छन् । संक्रमित मध्ये १२ लाख ७४ हजार ७८ जनाको अवस्था सामान्य छ ।