बुटवल । लकडाउनको उल्लंघन बढेपछि भैरहमा सेना परिचालन गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार भैरहवामा लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा विनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई समेत गस्तीमा खटाइएको  बताए । लकडाउन सुरू भएपछि नै सडक तथा बजारमा प्रहरी परिचालन गरिए पनि भैरहवामा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो । सडकमा खटाइएका सेनाले अत्यावश्यक कामका लागि हिँडेका सवारीसाधनबाहेक सडकमा हिँड्ने अरुलाई कडाइ गरेको छ ।
भारतीय बजार सुनौलीलगायत खुला सिमानाका कारण रुपन्देही कोरोना भाइरसको जोखिममा छ । भारतीय नागरिक पनि नेपाल प्रवेश गर्नसक्ने भन्दै सशस्त्र प्रहरी बलले समेत सीमामा सुरक्षा गस्ती बढाएको छ ।