रोल्पा ।लकडाउनलाई प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय थबाङले सर्वपक्षीय भेला गरेको छ । भेलामा लकडाउनलाई थप कडा बनाउने विषयमा छलफल भएको हो । स्थानीयले लकडाउनको पालनमा अटेरी गरे पछि सर्वपक्षीय भेला गरिएको ईलाका प्रहरी कार्यालय थबाङले जानकारी दिएको छ ।
भेलामा सहभागिहरुले कोरोना भाइरस तथा लकडाउनको सम्बन्धि स्थानीयलाई बुझाउनु पर्ने बताएका थिए ।