पहाडको गालामा गुराँस मुस्कुराइ रहेछ
समीर दौडिरहेछ रिस बोकेर वारि,पारि गर्दै
बजाइ रहेछ चराहरुले घरीघरी आलारामको घण्टी
लौहकारले फलाम तताए झैँ
तताइ रहेछ रविले समकोण बनाउँदै धरातल
बसिरहेछ कोरोनाले मुटु छिचोल्दै
यसै बखत चाहेर पनि म तिमीलाई साथ दिन सकिन
मलाई माफ गर २०७६
थाहा छ मलाई
तिम्रा नयनहरु हिमाल जस्ता तेजिलो छन्
अपार छ मुस्कान सौगातहरु
जस्तै
नव युगलका प्रेमवादी धारणा
मेरो नसिपमा नदि जस्ता अटुट छन् तिम्रा स्मृतिहरु।
२०७६ मलाई माफ गर
तिमीले अपेक्षित स्वःपन्न स्वपःन्नमै सिमित रह्यो
जस्तो कि सपनाको महल निर्माण गर्न सकिन
त्यसैले मलाई माफ गर २०७६

  • सुनछहरी गा.पा.६, रोल्पा