कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भएको छ । यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्।
अमेरिकापछि विश्वमा कोरोना कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। इटलीमा अहिलेसम्मको कोरोना संक्रमणबाट त्यहाँ २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ मानिस संक्रमित भएका छन्।
अमेरिका र इटलीपछि कोरोना महामारीबाट विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु स्पेनमा भएको छ। कोरोना संक्रमणले अहिलेसम्म त्यहाँ २० हजार ६ सय ३९ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। संक्रमितको संख्या त्यहाँ १ लाख ९४ हजार ४ सय १६ पुगेको छ।